श्रम संस्कृति पार्टीले पेस ग¥यो समानुपातिकतर्फको सूची
काठमाडौँ, १ चैतः श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लष्टरअनुसार निर्वाचित चार जनाको नाम निर्वाचन आयोगमा पेस गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेको श्रम संस्कृति पार्टीले मधेसी महिला रुवीकुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खस आर्य महिला अम्बिकादेवी सङ्ग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू निर्वाचित भएको सूची आयोगमा पेस गरेको पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले राससलाई जानकारी दिनुभयो । गत कात्तिक १६ गते आयोगमा दर्ता भएको दलले चार महिनामा २२ जिल्लामा सङ्गठन विस्तार गरी प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार जना निर्वाचित गर्न सफल भएको उहाँले बताउनुभयो । निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज क्लष्टर मिल्ने गरी निर्वाचित उम्मेदवारको नाम पेस गरेका छन् । आयोगले गत फागुन २८ गते नै आजसम्म क्लष्टर मिलाएर पेस गर्न पत्रात्रार गरेको थियो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया