भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
झापा, १ चैत : भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ । प्रतियोगितामा विजेता टोलीले रु ११ लाख नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सुब्बाले बताउनुभयो । महिला फुटबलको इतिहासमै यति धेरै नगद पुरस्कार पहिलोपल्ट दिइन लागेको हो । उहाँका अनुसार नेपाल, भारत र भुटानका १० वटा महिला फुटबल टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालका शीर्ष टिमसहित भारत र भुटानको टिम आउने पक्का भइसकेको छ । आयोजकले अन्य देशबाट पनि टिम ल्याउने प्रयास गरिरहेको जनाएको छ । झापालाई महिला फुटबलको हब बनाउने र फुटबलबाटै भविष्य देखेका खेलाडीलाई प्रोत्साहित गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि अहिले मेची रङ्गशालाको मैदानमा आवश्यक तयारी भइरहेको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया