कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ, १ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने बैठकले निर्णय गर्ने छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यालयले निर्देशानुसार अनुरोध गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट सो पार्टीले जितेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज समानुपातिकको नाम टुङ्गो लगाइने बताउनुभयो । उहाँले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुनसक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुङ्गो लगाइने रहेको बताउनुभयो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया