बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
जलेश्वर (महोत्तरी), १ चैत : महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो । अहिले घरघरमा खानेपानीको धारा जडान भएको बर्दिवास ३ का आशा कुमारीले बताउनुभयो । बर्दिवास– १४ का विक्रम महतोले भन्नुभयो,“पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घटदै जाँदा चैत, वैशाखमा धमिलो पानी खान बाध्य थियौँ । अहिले धारा जडान भएपछि पानीको सङ्कट हटेको छ । ” बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन् । बर्दिवासको चुरेमा खानेपानीका तीन मुहान छन् । जुन चुरेको रातु खोलाको दहमा पर्छ । बर्दिवासको मूल सहरी क्षेत्रका वडामा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ । हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ । रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ । अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ । दिनानुदिन बर्दिवासमा जनसङख्या बढ्दो छ भने पिउने पानीको मुहान घट्दो अवस्थामा छ । तर पनि आफूहरूले बर्दिवासवासीलाई खानेपानी खुवाउनका लागि दिनरात तत्पर रहने गरेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताउनुभयो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया