रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
ढोरपाटन (बागलुङ), १ चैतः बागलुङ–१ अन्तर्गतको रणनीतिक सडकले गति लिन सकेको छैन । साढे दुई दशक अगाडि मार्ग (ट्रयाक) खुलेको सडकको स्तरोन्नतिको काम ४० प्रतिशतमात्र सम्पन्न भएको छ । विसं २०५७ मा अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्न मार्ग खुलेको सडकको काम अहिलेसम्म आधा पनि पूरा हुन नसकेको हो । सिगाना–तित्याङको कमलडाँडाबाट मार्ग खुलेको सडक अहिले अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा हुँदै बरेङ गुल्मीको शान्तिपुर जोडिएको छ । विसं २०८० चैतमा दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्नेगरी बिडारी÷तुँदी निर्माण कम्पनीले जिम्मा पाएको थियो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एसियाली विकास बैंकको रु २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको छ । समयमै सडक स्तरोन्नति नहुँदा हजारौँ यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१० का पदमबहादुर थापाले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “बागलुङ बजार नजिकै रहेको भकुन्डे गाउँमा पुग्न डेढ घण्टा लाग्छ, सडकको दुरावस्थाका कारण वर्षौँदेखि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ, बर्खामा हिलो र हिउँदमा धुलोले हामी आजित भइसक्यौँ, यात्रा गर्दा पनि निकै जोखिमपूर्ण छ ।” भकुन्डे हुँदै रायडाँडा जोड्ने सडको करिब ६ किलोमिटरमा मात्रै नालीको काम भइरहेको छ । बागलुङ नगरपालिकाको सबैभन्दा विकटको बस्ती रायडाँडालाई जोडेको उक्त सडकको कामले गति लिन नसक्दा यात्रा गर्न र सामान ढुवानीमा समस्या भोग्नुपरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । “गाउँमा बस्ने नागरिकलाई यो सडकका कारण ठूलो समस्या भएको छ । एक डेढ घण्टामा पुग्न सकिने ठाउँमा दुईतीन घण्टा लाग्छ, साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटनाको जोखिम पनि उस्तै छ ।”
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया