साभुङ–देउराली–केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य
दमौली (तनहुँ), १ चैत ः तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो । साविक जिल्ला विकास समिति तनहुँबाट राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७३ साल वैशाख २३ गते सन्तोषी निर्माण सेवा प्रालि चितवनसँग सम्झौता भएको थियो । प्रदेश संरचना लागू भएपछि उक्त आयोजना पूर्वाधार विकास कार्यालय तनहुँमा हस्तान्तरण गरिएको थियो । तर अन्तिम बिल भुक्तानीसम्बन्धी विवादका कारण काम लामो समयदेखि अलपत्र रहँदै आएको थियो । सो विवादमा मध्यस्थ परिषद्ले गरेको निर्णय उच्च अदालतबाट सदर भइसकेको छ । विगत पाँच वर्षदेखि नेपाल मध्यस्थता परिषद्मार्फत उच्च अदालत पाटन ललितपुर हुँदै सर्वोच्च अदालतसम्म पुगेको उक्त मुद्दामा सर्वाेच्च अदालतले हालै अन्तिम फैसला सुनाएको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँ कार्यपालिकाको निर्णयअनुसार सडक निर्माण रोकिँदा स्थानीय बासिन्दाको दैनिक आवागमनमा असर परेको, वैकल्पिक रूपमा अन्य निर्माण व्यवसायीमार्फत काम अघि बढाउन पनि सम्भव नभएको तथा सम्झौता कायम रहँदासम्म नयाँ काम सुरु गर्न नमिल्ने अवस्थाका कारण ठेक्का अन्त्य गर्नुपरेको जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार सम्झौता अन्त्य भएसँगै अन्य वैकल्पिक सडक आयोजनाहरू अघि बढाउने बाटो खुलेको छ । विशेषगरी गाईघाट–गल्याङ–कटहरे वैकल्पिक राजमार्गको मौसमी खण्डका लागि विनियोजित रु ४० करोडबराबरको आयोजनामा अब बोलपत्र आह्वान गर्न सकिने अवस्था बनेको छ । उहाँले भन्नुभयो, “यस निर्णयले लामो समयदेखि समस्यामा परेको सडक निर्माण प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ ।” अदालतमा मुद्दाका कारण उक्त सडकका लागि आएको बजेट पनि पटकपटक ‘फ्रिज’ भएको थियो । उक्त सडकमध्ये देउरालीबाट मानपुरसम्म गण्डकी प्रदेश सरकारले, मानपुरबाट घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछापसम्म ३.५ किलोमिटर सडक घिरिङ गाउँपालिकाको आन्तरिक बजेटबाट गत वर्ष कालोपत्र गरिएको थियो । प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ तथा नियमावली, २०७९ बमोजिम ठेकेदार पक्षले करिब रु चार करोड २५ लाख २७ हजार ४१७ पैसा दाबी गरेको अवस्था रहेको जनाइएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया