‘पिएम कप’ क्रिकेट गण्डकी छनोटः कास्की फाइनलमा
कास्की, १ चैतः पोखरामा जारी पिएम कप क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्की फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा अर्जुन कुमालको शतकीय पारिको मद्दतमा तनहुँलाई १८७ रनले पराजित गर्दै कास्की उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित ४५ ओभरमा ६ विकेट गुमाएर २९५ रनको योगफल तयार गरेको थियो । कास्कीका लागि अर्जुन कुमालले ११८ बलमा १४ चौका र एक छक्काको मद्दतमा १०३ रनको शतकीय पारि खेले । मुस्कान थापाले ७७ बलमा ५९ रन बनाए भने सिब्रिन श्रेष्ठले ३२ बलमा ४३ रनको आक्रामक पारि खेले । कप्तान विपिन खत्रीले ११ बलमा दुई छक्का प्रहार गर्दै २१ रन जोडे । बलिङतर्फ तनहुँका रमेश शाह र बिरु बादलले दुई÷दुई विकेट तथा वंश क्षेत्री र समीर कँडेलले एक÷एक विकेट लिए । जितका लागि २९६ रनको लक्ष्य पछ्याएको तनहुँको टोलीले ३० ओभरमा १०८ रन मात्र बनाउन सक्यो । तनहुँका कप्तान समीर कँडेलले ७५ बलमा ६४ रन बनाए । त्यस्तै देव राईले २५ रन बनाए । बलिङतर्फ कास्कीका लागि कप्तान विपिन खत्री र विश्वास पराजुलीले तीन÷तीन, कृष्ण पौडेलले दुई तथा सुभाष भण्डारीले एक विकेट लिए । प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो सेमिफाइनल खेल स्याङ्जा र नवलपुरबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । गत फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वतले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रदर्शनका आधारमा उत्कृष्ट २४ खेलाडी छनोट गरी बन्द प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया