बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
ढाकामा बङ्गलादेशका लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यासँग सम्बन्धित अर्का संदिग्धलाई भारतले पक्राउ गरेको छ । पक्राउ गरिएको संदिग्धमाथि हादीको हत्यामा संलग्न दुई जनालाई भारतमा अवैध रूपमा प्रवेश गराउन सहयोग गरेको आरोप लागेको पश्चिम बङ्गाल प्रहरीले आइतबार जानकारी दिएको छ । सन् २०२४ को बङ्गलादेशीय जनविद्रोहमा सक्रिय हादीलाई डिसेम्बर १२ मा ढाकामा नकाब लगाएका आक्रमणकारीहरूले गोली हानी घाइते बनाएका थिए । उनको पछि सिङ्गापुरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पश्चिम बङ्गाल प्रहरीले फैसल करिम मसूद र आलमगीर हुसेनलाई हत्याको मुख्य संदिग्धका रूपमा नाम दिएको थियो । हादीमाथि आक्रमणको केही समयपछि ती दुई हलुआघाट सीमा हुँदै भारततर्फ भागेको प्रहरीले बताएको छ । भारतले ८ मार्चमा ती जोडीलाई पक्राउ गरेको थियो र उनीहरू प्रहरी हिरासतमा छन् । पश्चिम बङ्गालको विशेष टास्क फोर्सका सुपरिटेन्डेन्ट इन्द्रजीतका अनुसार फिलिप सांग्मालाई मसूद र हुसेनलाई भारत प्रवेश गराउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालतमा प्रस्तुत गर्नुअघि एक हप्ताका लागि प्रहरी हिरासतमा पठाइएको छ । हादीको मृत्युपछि बङ्गलादेशमा हिंसात्मक विरोध प्रदर्शन सुरु भयो । आक्रोशित भिडले भारतको पक्षमा मानिने दुई प्रमुख समाचारपत्र र एक सांस्कृतिक संस्थासहित केही भवनहरूमा आगो लगाएको थियो । पूर्वप्रधानमन्त्री शेख हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भारतमा शरण लिँदा भारत र बङ्गलादेशबीच सम्बन्धमा तनाव थपिएको थियो । भारतीय विदेश मन्त्रालयले हादीको हत्यामा नयाँदिल्ली संलग्न भएको भन्ने दाबीलाई अस्वीकार गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेख हसिनाको सत्ता बहिर्गमनपछि भएको पहिलो संसदीय चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) को जीतमा बधाई दिनुभएको थियो । –––
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया