“अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यक”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्तहरू अझै पर्याप्त नभएको बताउनुभएको छ । शनिबार एक अन्तर्वार्तामा उहाँले इरानले सम्झौता गर्न चाहेको भए पनि हाल प्रस्तुत गरिएका सर्तहरू आफूलाई स्वीकार्य नभएको बताउनुभयो । उहाँका अनुसार सम्भावित सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेछ । ट्रम्पले युद्धविरामका लागि इरानले आणविक कार्यक्रमसम्बन्धी महत्वाकांक्षा पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने कुरा पनि सर्तका रूपमा हुन सक्ने सङ्केत दिनुभयो । तर उहाँले आफ्ना सबै सर्तहरू के–के हुन् भन्ने खुलाएका छैनन् । यो टिप्पणी संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि आएको हो । ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध, तेलको मूल्य वृद्धि तथा विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा प्रभाव अझ बढ्दै गएको बताइएको छ । ट्रम्पले युद्धबाट प्रभावित देशहरूलाई हर्मुज जलडमरू सुरक्षित र खुला राख्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार केही देशहरूले उक्त मार्ग सुरक्षित राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, तर उहाँले ती देशहरूको नाम भने खुलाएका छैनन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि जलडमरू हुँदै तेल प्राप्त गर्ने देशहरूलाई उक्त मार्गको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । साथै, उहाँले धेरै देशहरूले जलडमरू खुला राख्न युद्धपोत पठाउने सम्भावना रहेको सङ्केत दिनुभएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया