ऊर्जा आपूर्ति सङ्कट न्यून गर्न अमेरिकाको पहल
अमेरिकाको ऊर्जा सचिव क्रिस राइटले दक्षिण क्यालिफोर्नियामा अवस्थित तेल कम्पनीलाई सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस कदमले तेल आपूर्तिमा सम्भावित अवरोधलाई न्यून गर्ने र राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ । निर्देशअनुसार सान्टा बार्बरा नजिकको सान्टा यनेज इकाई र पाइपलाइन पुनः सञ्चालनमा ल्याइनेछ । यस इकाईमा तीन ड्रिलिङ प्लेटफर्म, जल तथा स्थलीय पाइपलाइन र प्रशोधन सुविधा समावेश छन् । उक्त सुविधा दैनिक करिब ५० हजार ब्यारेल तेल उत्पादन गर्न सक्षम रहेको छ र यसले मासिक रूपमा करिब १५ लाख ब्यारेल विदेशी कच्चा तेल प्रतिस्थापन गर्न मद्दत गर्नेछ । सचिव राइटले स्पष्ट पार्नुभयो,“अमेरिकाको प्रशासन सबै अमेरिकी नागरिक र राष्ट्रिय ऊर्जा सुरक्षालाई प्राथमिकता दिन दृढ छ । आजको निर्देशनले पश्चिमी तटका सैन्य प्रतिष्ठानहरूमा आवश्यक ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ ।” यस अघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन पूर्व राष्ट्रपति जो बाइडेनले लागू गरेका तेल उत्खननमा रोक सम्बन्धी आदेशलाई उल्टाएका थिए । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले यस निर्णयप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो,“हामी हाम्रो तटीय समुदाय, वातावरण र स्थानीय अर्थतन्त्रको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध छौं । राज्यले यस विषयमा आवश्यक कदम चाल्नेछ ।” जनवरीमा क्यालिफोर्नियाले सङ्घीय सरकारले अनुमोदन गरेको पाइपलाइन पुनः सञ्चालन योजना सम्बन्धी मुद्दा दायर गर्दै आफ्नो नियामक अधिकार सुनिश्चित गरेको थियो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया