कांग्रेसमा नेतृत्व परिवर्तनको माग बढ्दै
काठमाडौं। नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीव्र रुपमा दबाब बढेको छ।
विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीबार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् । महिला भेलामा सहभागी नेतृहरूले समयमा नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ। महिला नेतृ चन्दा जोशीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेतृत्व परिवर्तन गरेर जनतासँग जानुपर्ने बताए । नियमित महाधिवेशन गर्न सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्नेमा उनको जोड छ। देशभरका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीमा दर्ता भएको जानकारी गर्दै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भएपनि फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्वमा पार्टी अघि बढ्नुपर्नेमा जोड दिए
कांग्रेस नेतृ कुशुमदेवी थापामगरले पार्टी नेतृत्वले सत्ता सञ्चालनका क्रममा जनताको समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । वर्तमान नेतृत्वको कारण नै जेनजी आन्दोलन भोग्नुपरेको उनको भनाइ छ । उहाँले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेर निर्वाचनमा नगएमा पार्टी थप संकटमा पर्ने दावी गर्नुभयो। विशेष महाधिवेशन पक्षधरहरूसँग पार्टी नेतृत्वले हालसम्म समन्वय नगरेको पनि उहाँले जानकारी दिए । पार्टीको विशेष महाविशेनलाई दबाब दिनको लागि महिला भेला आयोजना गरिएको उनले बताए । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुमध्ये ६० प्रतिशत महिला रहेको उनको दावी छ। पार्टीलाई सशक्तिकरण गर्नको लागी महिलाको जागरुकता आवश्यक रहेको समेत उनले बताए।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया