Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Wednesday, July 22, 2026
गृहपृष्ठमुख्य समाचारप्रतिनिधि र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

प्रतिनिधि र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो।

आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ। रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय छ।

त्यसका लागि मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको हो।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर/उपमेयर र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता रहनेछन्।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय छ। त्यसका लागि आयोगले  मंसिर १ देखि १० गतेभित्र दल दर्ता गर्न आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया