प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आज ७७ वटै जिल्लामा जनसभा गर्दै
काठमाडौं । प्रतिगामी षडयन्त्रविरुद्धको जनपरिचालन कार्यक्रमअन्तर्गत नेकपा एमालेले आज देशका सबै ७७ जिल्लामा जनसभा गर्दैछ।
सदरमुकाम तथा ठूला शहरमा हुने जनसभालाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। सबै केन्द्रीय सदस्य जिल्लामा खटाइएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
जनसभामा एमालेले तीन मुद्दा उठाउने जनाएको छ – संसद् पुनःस्थापना, भदौ २३–२४ का जेनजी प्रदर्शनका क्रममा भएका अपराधिक घटनाको छानबिन, तथा आन्दोलनका समयमा तोडफोड–लुटपाटमा संलग्नहरूलाई कारबाही।
महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा, सचिव छविलाल विश्वकर्मा रुपन्देहीमा र सचिव पद्मा अर्याल बिर्तामोडमा सम्बोधन गर्ने कार्यक्रम छ। जनपरिचालन अभियानअन्तर्गत एमालेले मंसिर ६ गते काठमाडौंमा केन्द्रीय जनसभा गर्ने तयारी गरेको छ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया