माछापुच्छ्रेमा ‘अध्यक्ष कप’ गण्डकी प्रदेशस्तरीय भलिबल हुँदै
कास्की,६ चैत : कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गण्डकी प्रदेशका पालिकाहरूकाबीच अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गाउँपालिकाको केन्द्र लाहाचोकमा यही चैत ११ देखी १४ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार स्थानीय स्तरबाट देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हो । “देशका लागि आवश्यक समक्ष खेलाडी उत्पादन गर्ने पालिकाबाटनै हो । प्रतिभाको खोजी गरी उनीहरूलाई राष्ट्रियस्तरमा चिनाउनका लागि प्रतियोगिताले मद्धत पुग्नेछ,” उहाँले भन्नुभयो । प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार रु दुई लाख ट्रफी र मेडल रहेको छ । उपविजेताले रु एक लाख पुरस्कार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिनुभयो । यसैगरी महिला तर्फ प्रथम पुरस्कार रु ६० हजार, द्वितिय पुरस्कार रु ३० हजार, ट्रफि मेडल रहेको छ । सेमिफाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५/१५ हजार पुरस्कार पाउने छन् । गाउँपालिकाले यस वर्ष छेलो हान्ने खेललाई समेत समावेश गरेको छ । छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार, द्वितिय पुरस्कार नगद रु पाँच हजार, तृतीयलाई नगद रु दुई हजार र सान्त्वनालाई नगद रु एक हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ । प्रतियोगितामा पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी एक जना समावेश गर्न सकिने गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम बहादुर गुरुङले बताउनुभयो । —
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया