मतदाता नामावली संकलन मंसिर ५ सम्म हुने
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी रहेको छ।
यसैबीच गत असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यहि कात्तिक ३० गतेसम्मका लागि कायम गरिएकोमा कात्तिक २८ सम्म कुल २ लाख ५७ हजार ५ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरूको सहजता र सुविधाका लागि आयोगको शुक्रबारको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि आगामी मंसिर ५ गते सम्मका लागि थप गरेको छ।
थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि(रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिने आयोगले जनाएको छ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया