फागुन २१ को निर्वाचन सर्ने सम्भावना छैन्: सञ्चारमन्त्री खरेल
काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण तथा दलहरूको सहमति सुनिश्चित गरिसकेको बताए।
जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी प्रवर्द्धन रहेको उनले उल्लेख गरे। मन्त्री खरेलले एआई तथा डिजिटल रूपान्तरणलाई नेपालको भविष्य ठहर गर्दै कोरिया सरकारसँग सहयोगको अपेक्षा व्यक्त गरे।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्थाका लागि कानुनी प्रक्रिया सुरु भएको र आवश्यक परे अध्यादेशमार्फत व्यवस्था हुने जानकारी उनले दिए।
दक्षिण कोरियामा नेपाल एयरलाइन्सको सिधा उडानका लागि पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीको वातावरण बनाउन तथा सुशासन मजबूत गर्न सरकारलाई सुझाव दिएका थिए।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया