पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’
काठमाडौँ, १० चैतः सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (टे«किङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झण्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जानकारी गराएको छ । विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार पदयात्रा अनुमतिसम्बन्धी प्राविधिक कठिनाइ भएमा सहजीकरणका लागि यसअघि सम्पर्क नम्बरको व्यवस्था गरिएको छ । निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति प्रदान गर्नेगरी विभागीय निर्णय भएको उहाँले जानकारी दिनुभयो । पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु) को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनेछ । अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुनेगरी निर्धारण गरिएको छ । एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात जना पदयात्री रहनेगरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ । पदयात्रामा जाने विदेशी नागरिकले आफ्नै मुलुकबाट पदयात्रा अनुमतिको आवेदन गर्ने विदेशीलाई भिसा आवेदन नम्बरका आधारमा पदयात्राका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तो व्यवस्थाबाट नेपालको पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी सिर्जना, पदयात्रीको व्यक्तिगत सुरक्षा र पदयात्रा सहजीकरणमा सहयोग पुग्ने विभागले अपेक्षा गरेको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया