वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
म्याग्दी, १० चैतः वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो । पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न, पोखरीमा पानी भरेर चिस्यान कायम राख्न र डढेलो निभाउनका लागि आवश्यकपर्ने पानी सङ्कलन गर्न पोखरी बनाउन लागिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिनुभयो । “पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम सुरु गरेका थियौँ । उक्ता कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “वनमा पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।” पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यकपर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत अधिकारीले बताउनुभयो । बेनी नगरपालिका-५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका-१ कुहुँको पात्लेपानी, धवलागिरि गाउँपालिका-३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका-६ को ठाडाखानी, मालिका गाउँपालिका-६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका-७ को घराम्दी सामुदायिक वन पोखरी बनाउन छनोट भएका छन् । करिब ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८/७९ मा १०, २०७९/८० मा छ, २०८०/८१ मा १० र २०८१/८२ मा पाँच गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् । जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानवबस्तीमा आएर क्षति पुर्याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्दछन् ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया