जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
दशरथचन्द (बैतडी), १० चैतः जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ । दोगडाकेदार गाउँपालिका-३ का पुरुषको घुडामुनिको दुवै हड्डीको सानो चिराबाट हाडजोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै उक्त सेवा सुरु भएको हो । सानो चिरा (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) पारेर गरिने शल्यक्रिया सफल भएको हो । सानो चिरा पारेर गरिने शल्यक्रिया यहाँका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका चिकित्सक अरविन्द जोशीले जानकारी दिनुभयो । “हामीले हाडजोर्नीको जटिल शल्यक्रिया अस्पतालमा गर्न सफल भएका छौँ । यसले यहाँका सेवाग्राहीलाई सहज हुने भएको छ”, उहाँले भन्नुभयो । यसअघि हाडजोर्नी रड राखेर मात्रै शल्यक्रिया गरिने जनाउँदै उहाँले सानो चिराबाट शल्यक्रिया गर्न सकिने डा जोशीले बताउनुभयो । हाडजोर्नी विषेशज्ञ डा दीपेन्द्र भण्डारी र जनरल फिजिसियन जोशीलगायत टोलीले उक्त शल्यक्रिया गरेका हुन् । हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीले कम खर्चमै जिल्ला अस्पतालमा नै यो सेवा पाउने छन् । जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया