रासस समाचार प्रभावः तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था
जुम्ला, १३ चैतः तिला गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ । पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको समाचार राससले यही चैत १० गते सम्प्रेषण भएपछि बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो ।
सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले पालिकामा कार्यरत वरिष्ठ कर्मचारी सुरेन्द्रसिंह साउदलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको माघको दोस्रो साता सरुवा भएपछि फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन नसकेको उहाँले बताउनुभयो ।
यसैबीच, पालिकामा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पुँजीगततर्फ कूल बजेटको १७ प्रतिशत मात्र खर्च भएको छ । पालिकाले यो आवमा रु २८ लाख आठ हजार ७५० राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु नौ लाख ९७ हजार सङ्कलन भएको जनाएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया