ईपीएस भाषा परीक्षा आजदेखि शुरू
काठमाडाैं। रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा आजदेखि शुरू भएको छ । विहान साढे ९ बजेदेखि परीक्षा शुरू भएको ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर शाहले जानकारी दिनुभयो ।
पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएकाहरुले परीक्षा दिँदैछन् जसमा ६७ हजारले आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल १ लाख २ हजार ५ सय १५ परीक्षार्थीले आवेदन दिएका छन् ।
तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा शुरू गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।
भाषा परीक्षा दुई महिनाभित्र सक्ने ईपीएस शाखाको तयारी छ । दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक लिने गरेको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया