बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन
खोटाङ, १६ चैतः बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् । बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकारसमक्ष माग गर्दै किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित आज प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पूरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । सो प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्चाउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न किसानले माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कँडेलले सम्बन्धित निकायमा ज्ञापनपत्र पु-याएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विसं २०७५ को फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु-याउने योजनासहित भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवर शिकारी झिकाएर दर्जनौँ बाँदर समातिएको थियो ।
यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानअगावै समातेर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी जटिलता आइपरेको थियो ।
नेपालमा बाँदर मार्न कानुनी अड्चन भएकाले उचित व्यवस्थापन गर्न पहल थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया