स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता
काठमाडौँ, १७ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना चिकित्सकको काज फिर्ता गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाउनुभएको हो । डडेलधुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना र गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा डा रोहिता बज्राचार्य, डा जोसनलाल बज्राचार्य, डा विशालकुमार देव, डा प्रकाश ढकाल र डा सुशील समदर्शी काज फिर्ता गरिएको छ ।
यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया