इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार
इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि मङ्गलबारसम्ममा ‘हर्मुज घाँटी’ लाई स्वतन्त्र आवागमनका लागि खुला नगरेमा इरानले अर्को भयङ्कर आक्रमणको सामना गर्नुपर्ने र इरानले महत्वपूर्ण पूर्वाधार ध्वस्त भएको हेर्नुपर्ने चेतावनी दिनुभएको थियो । युद्ध अन्त्यका लागि वार्ता गर्न ४५ दिनको युद्धविराम प्रस्तावलाई इरानले नकारे पनि अमेरिकाको यसपछिको प्रतिक्रिया आइसकेको छैन ।
समाचार एजेन्सी आइआरएनएले भनेको छ, “इरानले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति पाकिस्तानलाई आफ्नो प्रतिक्रिया जानकारी गराएको छ ।”
दश बुँदामा तयार गरिएको प्रतिक्रियामा इरानले युद्धविरामलाई अस्वीकार गरेको छ र द्वन्द्वको निश्चित अन्त्यको आवश्यकतामा जोड दिएको छ । ” यसअघि, इरानले युद्ध अन्त्यका लागि केही शर्त अघि सारेको थियो । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ । –––
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया