सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो
महेन्द्रनगर (कञ्चनपुर):
यहाँको दोधारा–चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो । सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यकपर्ने सामग्री र औजारको सूची बुझाइएकामा उद्योग मन्त्रालयले आयात गर्दा भन्सार छुटका लागि स्वीकृति दिइ सोहीअनुसार प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “ठेकेदारलाई भारतबाट निर्माणका लागि औजार एवं सामग्री ल्याउन भन्सार छुटका लागि सूची बुझाएको थियो”, निर्देशक गजुरेलले भन्नुभयो, “सोही सूची स्वीकृत भएर लागू हुने चरणमा पुगेको छ ।” यहाँ भारत सरकारको आर्थिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । भारतले नै त्यहाँको निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कम्पनीले काम सुरु गरिसकेको छ ।
कार्यकारी निर्देशक गजुरेलले निर्माण कम्पनीले कार्यस्थलमा माटो सम्याउने, मजदुरको बसोबासका लागि आवश्यक संरचना बनाउनेलगायत काम सुरु भएका र भारतबाट औजार तथा निर्माण सामग्री आयात भएपछि कामले गति लिने बताउनुभयो । यहाँ रु तीन अर्ब ८० करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । बन्दरगाह निर्माणका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माण हुनेछन् । उक्त क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागम, सुरक्षा भवनलगायत संचरना निर्माण हुनेछन् । महाकाली नदीमा निर्माण भएको ‘चारलेन’ को पक्की पुलको पश्चिम छेउमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । बन्दरगाह निर्माण सम्पन्न भएमा कञ्चनपुर सुदूरपश्चिमकै प्रमुख व्यापारिक नाकाका रूपमा विकास हुने भन्दै स्थानीयवासी हर्षित भएका छन् । भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुक्खा बन्दरगाह निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरिएको छ । यहाँबाट रुद्रपुर औद्योगिक क्षेत्र ९० किलोमिटरको दूरीमा रहेको छ । विसं २०६४ मा सरकारले यहाँ सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया