विद्युत् सम्झौतामा घाटा भएको छैनः मन्त्री घिसिङ
काठमाडौँ, ८ मङ्सिरः
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएको बताउनुभएको छ । राष्ट्रियसभाअन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत् खरिद भइरहेको स्पष्ट पार्नुभयो ।
“भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता थियो, सम्झौतापछि प्रतियुनिट छ रुपैयाँ ९५ पैसामा विद्युत् खरिद भइरहेको छ, यसबाट करिब रु एक अर्ब २० करोड बचत भएको छ ।” सोही सम्झौताअनुसार भारतबाट १८० मेगावाट विद्युत् खरिद भइरहेको उहाँले बताउनुभयो ।
त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडोयाममा आपूर्ति सुनिश्चित गर्न भारतबाट विद्युत् आयात अपरिहार्य भएको बताउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया