पाकिस्तानको संघीय बल मुख्यालयमा आक्रमणः ३ जनाको मृत्यु
एजेन्सी ।पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तीय राजधानी पेशावरमा रहेको संघीय कन्स्टेबुलरीको मुख्यालयमा सोमवार भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ ।
अन्य पाँच जना घाइते भएका प्रहरीले जनाएको छ । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमीदले मिडियालाई बताएअनुसार एक आत्मघाती हमलाकारीले पहिले फ्रन्टियर कन्स्टेबुलरीको रूपमा चिनिने संघीय कन्स्टेबुलरीको मुख्यालयको मुख्य ढोकामा आफ्नो ज्याकेट विस्फोट गराएको थियो ।
आक्रमणपछि दुई आतंककारी मुख्यालयको प्रारम्भिक क्षेत्रमा प्रवेश गरे, तर ड्युटीमा रहेका गार्डहरूले दुवै आतंककारीलाई घटनास्थलमै गोली हानी मारेको प्रहरी प्रमुखले बताउनुभयो ।
प्रहरी प्रमुखले मारिएका दुई आतंककारीमध्ये एक आत्मघाती बम हमलाकारी थिए र गोलीबारीपछि उनको विस्फोटक पदार्थले भरिएको ज्याकेट विस्फोट भयो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया