एमालेमा महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्न चर्को शुल्क, केन्द्रले गर्यो पाँचबुँदे निर्देशन
काठमाडौँ : महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार चर्को शुल्क तोक्न थालेपछि नेकपा एमालेले पाँचबुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुशी १० हजार रुपैयाँसम्म उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले यस्तो निर्देशन दिएको हो।
विभागले अब बढीमा एक हजार रुपैयाँसम्म शुल्क निर्धारण गर्न भनेको छ। सोमबार राति भएको ‘भर्चुअल’ बैठकले निर्वाचन प्रक्रियामा प्रवेश गर्नुपूर्व केन्द्रीय कमिटीको परिपत्र अनुसार आआफ्नो निर्वाचन क्षेत्रको अन्तिम मतदाता–सूची अनिवार्यरूपमा प्रकाशन गर्ने भनेको छ। त्यस्तै कायम भएको अन्तिम मतदाता–सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन, निर्वाचन प्रक्रियाबाटै प्रतिनिधि छान्न र मंसिर १२ गते साँझसम्म सहमति गर्न भनेको छ।
सहमति नभए मतदानबाटै अनिवार्यरूपमा मंसिर १३ गते भित्र प्रतिनिधि टुंग्याउन पनि निर्देशन गरेको छ। यसैबीच कैलालीमा प्रतिनिधि बन्न चाहने नेताहरूको संगठित सदस्यता नै गायब पारिएको छ। केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेर आएको सूचीमा कैलालका १३ जना नेताहरूको नाम समावेश छैन। एमाले कैलाली इञ्चार्ज नारदमुनि रानाले पालिका वा जिल्ला तहबाट नाम पठाउँदा समस्या भएको हुन सक्ने बताए।
घटनाबारे छानिबिन गर्न तीन सदस्सीय समिति बनाइएको छ। नियतवश यस्तो काम गरेको पाइए कारबाही गर्ने रानाले बताए। नाम छुटेका नेताले भने पार्टीमा आफूहरू गुटबन्दीको शिकार बनेको र नियतवश नाम काटिएको आरोप लगाएका छन्। केन्द्रीय संगठन विभाग प्रमुश काशीनाथ दाहालले जिल्ला र प्रदेशकै सिफारिस अनुसार अन्तिम नामावली पठाइएकाले केन्द्रबाट कुनै पनि हेरफेर नभएको जिकिर गरे।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया