नवराजपुर गाउँपालिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण कीट हस्तान्तरण
सिरहा, ६ मङ्सिरः
लागुऔषध दुव्र्यसन नियन्त्रणमा सहयोग गर्ने उद्देश्यसहित यहाँको नवराजपुर गाउँपालिकाले प्रहरीलाई १२० थान लागुऔषध परीक्षण कीट हस्तान्तरण गरेको छ । आज नवराजपुरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवउदगार यादवले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत सुरक्षा निकायलाई कीट हस्तान्तरण गर्नुभएको हो ।
कीट हस्तान्तरण गर्दै अध्यक्ष यादवले समुदायमा लागुऔषध दुव्र्यसन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषधले व्यक्ति मात्र नभई परिवार र समाजलाई समेत तहसनहस बनाइदिन्छ । त्यसको दलदलमा युवाहरू फस्दै गएका छन् । यसलाई रोक्न सबै पक्ष एकताबद्ध हुन आवश्यक छ ।”
परीक्षण कीट ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँपालिकाको पहलले जिल्लामा दुव्र्यसन नियन्त्रणको अभियानलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो । “परीक्षण तथा निगरानी प्रणाली मजबुत भएपछि अनुगमन, सचेतना र कानुन कार्यान्वयन झनै प्रभावकारी बन्छ”, उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले कीटको प्रयोगले लागुऔषध प्रयोगकर्ता पहिचान गर्न सहज हुने बताउनुभयो ।
उहाँले यस्ता कीटको नियमित प्रयोगले जिल्लामा दुव्र्यसनको दर घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । दक्षिण सीमावर्ती क्षेत्रमा गाउँपालिकाले परीक्षण कीट उपलब्ध गराएपछि अब गाउँभित्र लागुऔषध सेवन तथा अवैध कारोबार नियन्त्रणमा सहज हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- ‘पार्टी फुट्न दिन्न’ भन्ने गगनकै नेतृत्वमा आज कांग्रेस तेस्रो पटक विभाजन
- कांग्रेसमा फुटः दुई महामन्त्रीसहित तीन नेता ५ वर्षका लागि निलम्बित
- नेपाली कांग्रेस तेस्रोपटक फुटको संघारमा, विशेष महाधिवेशन विवाद तीव्र
- नेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ
- कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका ४ बजे सारियो
- गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग
- सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
- सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विभिन्न कार्यक्रम मनाइँदै
- नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान
- प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता


तपाईको प्रतिक्रिया