विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी शुक्रबार पार्टी कार्यालय जाने
काठमाडौं। नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जाने भएको छ।
सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यका अनुसार शुक्रबार दिउँसो १ बजे सभापति थापा, पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पदबहालीका लागि सानेपास्थित पार्टी कार्यालय जाने कार्यक्रम रहेको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका हुन् भने विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति चयन भएका छन्। यस्तै, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा निर्वाचित भएका छन्।
सह–महामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव चयन भएका छन्। विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको थियो।
२०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनलाई शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले अस्वीकार गरेका थिए।
उक्त विशेष महाधिवेशनविरुद्ध दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ।
सर्वोच्च अदालतले पनि देउवा र कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पदबहालीका लागि पार्टी केन्द्रीय कार्यालय जान लागेको हो।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया