म्याग्दी, १९ जेठः दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।
विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेताले रु ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल सङ्घले सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सङ्घका अध्यक्ष धोजकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । —
ताजा अपडेट
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व
- बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- युट्युबमा छाउँदै तीज गीत
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया