Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारश्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव


१७ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी भएका किरातीले विधान निर्माणदेखि निर्वाचन रणनीति र श्रमदान अभियानलाई समेटेर प्रस्ताव पेस गरेका हुन् ।

किरातीले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लोकतान्त्रिक र समावेशी विधान निर्माणका लागि तत्काल ‘विधान मस्यौदा समिति’ गठन गर्न प्रस्ताव गरेका छन् ।

पार्टीका हरेक आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन आर्थिक नियमावली, बजेट र नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव  छ ।

साभार : अनलाइनखबर



तपाईको प्रतिक्रिया