वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा
काठमाडौं। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन् ।
उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौँदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुनःस्थापनामा एनटिएनसीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे ।
मन्त्री चौलागाईंले एनटिएनसीका संरक्षण प्रयासको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा संस्थाले अघि सारेका संरक्षण लक्ष्यमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाललाई विश्वस्तरमा प्रकृति संरक्षणको अग्रणी मुलुकका रूपमा स्थापित गर्न एनटिएनसीको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे ।
उक्त अवसरमा एनटिएनसीका सदस्य सचिव डा नरेश सुवेदीले संस्थाले सञ्चालन गरिरहेका वन्यजन्तु संरक्षण कार्यक्रम तथा प्राकृतिक सम्पदा क्षेत्रहरूको संरक्षणसम्बन्धी गतिविधिबारे विस्तृत जानकारी गराएका थिए ।
उनले समुदायको सक्रिय सहभागितामार्फत स्थानीय जीविकोपार्जन र प्रकृति संरक्षणबीचको दूरी घटाउने उद्देश्यले अपनाइएका समुदाय–आधारित संरक्षण मोडेल प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको बताए ।
एनटिएनसीले संरक्षणका साझा लक्ष्य हासिल गर्न मन्त्रालयसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरेको छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया