Techie IT
  • आईतबार, फागुन १७, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठसमाचारसशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव

सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव


सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय सफारी चालकको मृत्यु भएको छ ।

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो । भारतबाट आफ्नो सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा राति करिब १ः१० बजे साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सिटी सफारीमा राति तस्करीको समान ल्याइँदै गरेको अवस्थामा रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

साहको मृत्युपछि स्थानीयवासीले शव उठाउन अवरोध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

विरोधमा उत्रिएका स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् । भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ । घटनाबारे स्थानीयसँग प्रशासनले प्रारम्भिक छलफल थालेको छ



तपाईको प्रतिक्रिया

ताजा अपडेट