समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
काठमाडौं । समानुपातिक समावेशी अधिकारलाई राजनीतिक दाउपेचको विषय बनाएर कमजोर पार्न खोजिएको भन्दै शुक्रबार राजधानीका सडकमा महिलाहरूले खबरदारी गरेका छन् ।
समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको भन्दै महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
‘महिला अधिकारका लागि दबाब अभियान’ अन्तर्गत माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बबरमहल पुगेर कोणसभामा परिणत भएको हो।
राजनीतिक वृत्तमा देखिएका कतिपय अभ्यासले समावेशीताको मर्ममाथि प्रहार गर्न खोजेको निष्कर्षसहित विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाहरू एकताबद्ध भई सडकमा ओर्लिएका हुन् ।
उनीहरूले समानता, सामाजिक न्याय र समावेशीताको ग्यारेन्टी नभएसम्म लोकतन्त्र बलियो नहुने जिकिर गरे ।
साथै, समाजमा व्याप्त दण्डहीनताको अन्त्य गर्दै विधिको शासन कायम गर्नुपर्ने मागसहितका नाराहरूले उनीहरुले लगाएका थिए ।
सहभागीहरूले हात–हातमा बोकेका प्लेकार्डमा संविधानप्रदत्त अधिकारको रक्षा र कार्यान्वयनको पक्षमा जोडदार आवाज उठाइएको छ ।
ताजा अपडेट
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
- बालबालिकामा कुष्ठरोगको सङ्क्रमण बढ्दो: १६ जिल्ला अझै उच्च जोखिममा
- ट्रम्पको प्राथमिकतामा इरानसँगको कुटनीति: आणविक हतियार रोक्ने अडान यथावत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया