हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
सोलन । हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की बजारमा शनिबार राति भीषण आगलागी भएको छ। स्थानीय समय अनुसार राति २ ३० बजेदेखि आगो फैलिन थालेको थियो। आगोले पसल, घर तथा आसपासका संरचनाहरू व्यापक रूपमा नष्ट गरेको छ।
दमकल र स्थानीय सुरक्षा टोलीले आगो निभाउन प्रयास गरिरहेका छन्। आगो फैलिनुमा विद्युत् सर्टसर्किट र ग्यास सिलिन्डर विस्फोटको सम्भावना रहेको बताइएको छ।
उक्त घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा ८ वर्षको बच्चा पनि रहेका छन्। त्यस्तै २ जना घाइते भएका छन् उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक जानकारी अनुसार ९ नेपाली नागरिक सम्पर्कविहीन छन्। प्रहरीले र प्रशासनले तीमध्ये कम्तिमा ६ नेपालीहरू अझै मलबेभित्र फसेको अनुमान लगाएको छ। सम्पर्कविहीन नेपालीहरू नेपालका सल्यान जिल्लाका नागरिकहरू हुन्।
स्थानीय दमकल र प्रशासनको टोलीले उद्धार कार्यलाई तीव्र बनाएको छ। मलबा हटाउने र सम्पर्कविहीन व्यक्तिहरूलाई खोज्ने प्रयास जारी छ। नेपाली दूतावासले पनि सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ।
आगोले लगभग १०–१५ घर र पसल नष्ट भएको छ। आगोका कारण बस्तु, संरचना र सामानमा ठूलो नोक्सानी भएको छ। प्रशासनले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तयारी गरिरहेको छ।
स्थानीय प्रशासन र उद्धार टोलीले नागरिकहरूलाई सतर्क रहन र सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ। घटनास्थलमा खोजी–उद्धार कार्य निरन्तर जारी रहेको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया