Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारमहाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात


दशरथचन्द(बैतडी), १९ चैतः महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ । मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । उहाँको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताउनुभयो ।



तपाईको प्रतिक्रिया