बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ एसपी रेग्मीले अनलाइनखबरसँग भने।
विश्वस्त स्रोतबाट अनलाइनखबरलाई प्राप्त एक तस्वीरमा करिब २ दर्जन शव एउटै कोठाभित्र असरल्ल छरिएको अवस्थामा देखिन्छ।
विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले भने २२ वटा शव उक्त घरमा रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्यो। घण्टी घरभन्दा अलिमाथिको घरमा हो। एउटा ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ वडा सदस्य तामाङले अनलाइनखबरसँग भने।
“साभार : अनलाइनखबर”
ताजा अपडेट
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया