पशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू
काठमाडौँ, २० चैतः पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो । यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको दफा २ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा मात्र ऐन लागू हुने उल्लेख छ । यो व्यवस्था अनुसार हालसम्म यो ऐन हेटौँडा, बुटवल र सुर्खेतमा मात्र लागू भएको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक सुजन रानाले राससलाई जानकारी दिनुभयो । यो ऐन देशका सबै सहरमा लागू नहुँदा जनस्वास्थ्यमा यसको प्रभाव परेको पनि उहाँले बताउनुभयो । ऐनमा कार्यान्वयन गर्ने निकाय नरहेको र पशु सेवा विभागमा पनि ऐन कार्यान्वयनको एकाई गठन नभएकाले यस्तो अवस्था आएको प्रमुख पशु चिकित्सक रानाले बताउनुभयो । ऐन लागू नहुँदा खाद्य स्वच्छतामा प्रभाव पर्ने गरे पनि कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । हाल मासु जाँच गर्न सक्ने प्राविधिक कर्मचारी पर्याप्त नभएकाले यसले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्नेतर्फ सरोकार भएका निकायका ध्यान जानुपर्ने प्रमुख पशु चिकित्सक राना बताउनुहुन्छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया