मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह
महेन्द्रनगर (धनुषा), २१ चैत: मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन दशमलव ७० प्रतिशत मात्र हरियाली रहेकाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज यहाँ प्रदेशसभा प्राकृतिक स्रोत तथा वातावरण समितिको बैठकमा उहाँले देशभर करिब ४५ प्रतिशत हरियाली क्षेत्र रहे पनि देशको ठूलो जनसङ्ख्या रहेको मधेसमा न्यून हरियाली क्षेत्र हुनु चिन्ताको विषय भएको बताउनुभयो । सभामुख यादवले यस्तो अवस्थाले वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने भन्दै यसतर्फ गम्भीर भएर काम गर्न सम्बद्ध मन्त्रालय र सरोकार भएकाहरूलाई आग्रह गर्नुभयो ।
उहाँले वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलसँग विगतका कार्यहरूको समीक्षा गर्दै मन्त्रालयबाट भइरहेका गतिविधिबारे जानकारी गराउन निर्देशन दिनुभयो । “चुरे क्षेत्रमा बढ्दो वन विनाश र अतिक्रमणका कारण थप वातावरणीय सङ्कट आउने अवस्था छ ।
त्यसबाहेक क्षेत्रमा पनि हरियाली क्षेत्र बढाउन सकिएको छैन । यसमा अतिक्रमण नियन्त्रण तथा संरक्षणका लागि मन्त्रालयले हालसम्म के कस्ता कदम चालेको छ प्रष्ट पार्दै आगामी दिनका लागि प्रभावकारी कार्यक्रम ल्याउनुस्”, सभामुख यादवले भन्नुभयो,“यसमा सिङ्गो प्रदेश सरकार, सरोकार भएका निकायलगायत सबैले गम्भीर भएर सहयोग गरौँ ।
अन्यथा हामीले चाँडै वातावरणीय असन्तुलनको मार खेप्नुपर्ने अवस्था आउँछ ।” समितिका सभापति शारदा दास पहाडीले मधेस प्रदेशमा हरियाली विस्तार कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै वन संरक्षण तथा चुरे क्षेत्रको दिगो व्यवस्थापनका लागि समन्वयात्मक र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले सबै तहका सरकार र सरोकार भएका निकायबीच सहकार्य बढाएर मात्रै वातावरणीय चुनौती सामना गर्न सकिने बताउनुभयो । मन्त्रालयका सचिव पौडेलले समितिका जिज्ञासा र चासोका विषयमा आवश्यक जानकारी दिँदै वन संरक्षण, हरियाली विस्तार तथा अतिक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा थप प्रभावकारी रणनीति अपनाएर वातावरण संरक्षणमा लाग्नुपर्ने र त्यसमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
ताजा अपडेट
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया