गृहमन्त्री गुरुङसँग स्वीस राजदूतको शिष्टाचार भेटघाट
काठमाडौँ, २५ चैतः गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।
नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया