विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
नेपालगञ्ज, २६ चैतः बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले यहाँका सबै पालिकामा गरेको ल्याब परीक्षणमा एक हजार ३३५ किशोरीमा केही मात्रामा, ६४६ किशोरीमा मध्यम र १२ जनामा पूर्णरुपले रक्तअल्पता देखिएको स्वास्थ्य कार्यालयकी सम्पर्क व्यक्ति बसन्ती मल्लले जानकारी दिनुभयो ।
उहाँले सबै स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा रहेका विद्यालयमा सबैभन्दा बढी रक्तअल्पताको समस्या देखिएको उल्लेख गर्दै १८ विद्यालयमा सो परीक्षण भएको बताउनुभयो ।
सम्पर्क व्यक्ति मल्लले परीक्षणका क्रममा किशोरीको रगतमा हेमोग्लोबीनको मात्रा कम भएर रक्तअल्पता भएका जिल्लामा ५९ प्रतिशत किशोरी रहेको औँल्याउदै ४१ प्रतिशत सामान्य रहेको बताउनुभयो । रक्तअल्पता भनेको मानिसको शरीरको रगतमा हेमोग्लोबिनको मात्रा कम हुनु हो ।
सम्पर्क व्यक्ति मल्लले विद्यालय तहका १० देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको स्वास्थ्य समस्या देखिएको जानकारी दिँदै बालिकाको खाजा खाने अभ्यासलाई परिवर्तन गर्न सुझाव दिनुभयो । “बालिकाहरुले खाजाका रुपमा खाने चाउमीन, जङ्क फूड, चारचाउ, कुरकुरे, चटपटेलगायत मैदाका सामग्रीको खाजाले यस्तो समस्या निम्ताएको हुन सक्छ”, उहाँले भन्नुभयो ।
कतिपय स्थानीय तहमा दिने दिवा खाजा चाउमिन, सुक्खा भुजा लगायतले सो समस्या निम्ताएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले आफ्ना बच्चालाई घरमा निर्माण गरिएको खाजा खुवाउन सुझाव दिएको छ ।
जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा भएको ल्याव परीक्षणमा सन्तुलित भोजन तथा खाजाको प्रयोग गर्न विद्यालयलाई आग्रह गरिएको जानकारी दिँदै सम्पर्क व्यक्ति मल्लले विद्यालय वरपर पाउने जङ्क फूडको वातावरणले असर गरिरहेको बताउनुभयो ।
किशोरीबाहेक किशोरमा सो समस्या हुन सक्ने उल्लेख गर्दै उहाँले किशोरी आमा बन्ने भएकाले अहिले नै रगतको मात्रा कम हुनु भविष्यमा मातृ–शिशु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताउनुभयो । रगत अभावका कारण गर्भावस्था तथा प्रसुति अवस्थामा जटिलता, शिशुमा कम तौल, समयपूर्व जन्म, कुपोषण र मातृ–शिशु मृत्यु दरसमेत बढ्न सक्ने सम्पर्क व्यक्ति मल्लको भनाइ छ
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया