महेन्द्रनगर, २६ चैत : विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका तालहरु संरक्षण अभावमा पुरिन थालेका छन्
यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा परेको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले तालको संरक्षण र सम्वर्द्धन आवश्यक रहेको बताउनुभयो । “गर्मीयाममा वन्यजन्तुको प्यास मेटाउन निकुञ्जभित्र धेरै स्थानमा कृत्रिम तलाउ बनाएर सोलारबाट पानी भर्ने गरिएको छ”
उहाँले भन्नुभयो, “निकुञ्जभित्रका एक दर्जन बढी ताल पुरिँदै गए पनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन ।” उहाँले निकुञ्ज भित्र कृत्रिम र प्राकृतिक गरी १२० ताल तलैया रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा निकुञ्जको पुँजीगत बजेट कम विनियोजन हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
वन्यजन्तुका लागि हरेक वर्ष घाँसे मैदान व्यवस्थापन हुँदै आएको छ । यो वर्ष घाँसे मैदान व्यवस्थापनका लागि सात लाख रुपैयाँ मात्र विनियोजन भएको छ । निकुञ्जभित्र मुलुककै ठूलो ५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदान छ । गत वर्ष निकुञ्जको पुँजीगत बजेट दुई करोड रुपैयाँ रहेपनि चालु आवमा बजेट ३५ लाख रुपैयाँमा झरेको हो ।
“हामीले पाँच हजार ४०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भए पनि बजेट अभावले ५० हेक्टरको मात्रै व्यवस्थापन गर्न सकियो”, सूचना अधिकारी वाग्लेले भन्नुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया