Techie IT
  • बिहीबार, वैशाख १०, २०८३ / Friday, April 24, 2026
गृहपृष्ठसमाचारपाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन


खजुरा (बाँके), २८ चैतः डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो । मेडिकल अधिकृत डा रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा सुरु गरेको हो । अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ । सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा तिवारीले बताउनुभयो । डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।



तपाईको प्रतिक्रिया