वरिष्ठ कलाकार अवस्थी क्यान्सरसँग लड्दै, सांस्कृतिक समाज द्वारा रकम प्रदान, थप सहयोगको अपिल
काठमाडौँ —
सुदूरपश्चिमका वरिष्ठ डेउडा गायक तथा ओम डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालक टेकराज अवस्थीलाई क्यान्सरको सङ्क्रमण देखिएको छ ।
काठ्माण्डौँको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचाररत अवस्थीलाई उपचारमा आर्थिक अभाव भएकोहुदाँ सबै मनकारी व्यक्तिहरूमा सहयोगको अपिल गरेका छन् ।
यसैबिच बिहीबार सांस्कृतिक समाज नेपालको अग्रसरतामा आर्थिक सहयोग प्रदान गरिएको छ ।
समाजका अध्यक्ष राम प्रसाद अवस्थीको अगुवाइमा संकलन गरेको रु ४६,००० (छयालीस हजार) अर्का वरिष्ठ डेउडा गायक तथा संस्थाका सल्लाहकार नन्द कृष्ण जोशीको हातबाट उक्त रकम अवस्थीलाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा उपस्थितहरूले गायक अवस्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
सांस्कृतिक समाज नेपालले अवस्थीको उपचारमा थप आर्थिक सहयोगको खाँचो रहेको उल्लेख गर्दै देश–विदेशमा रहेका सम्पूर्ण शुभेच्छुक, कलाकार तथा सरोकारवालासँग सहयोग गर्न अपिल गरेको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया