भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
टक्सार (भोजपुर), ८ वैशाखः भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् ।
आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो । आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३-२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपिएफका तर्फबाट विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले १-१ गोल गरेका थिए ।
त्यस्तै एलएक्स सिटीका लागि विशाल तामाङ र पुजन चौधरीले १-१ गोल गरे । सोमबार भएको दोस्रो खेलमा आयोजक भोजपुर फुटबल सङ्घ २-१ गोलले सङ्खुवासभा-११ लाई पछि धकेल्दै समिफाइनलमा पुगेको छ । उक्त खेलमा भोजपुरका लागि विनोद राई र मिलन लिम्बूले १-१ गोल गरे भने सङ्खुवासभाका लागि एक मात्र गोल सूर्य राउतले गरे ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर नगरपालिका-७ कोदारस्थित रङ्गशालामा नवौँ संस्करणका रूपमा प्रतियोगितामा सुरु भएको हो । प्रतियोगितामा एपिएफ क्लब, एलएक्स सिटी मोरङ, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा-११, सातदोबाटो युग क्लब ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब उदयपुर गरी आठवटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिस
ताजा अपडेट
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया