एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
काठमाडौँ, २८ वैशाखः विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।
लामो समयदेखि क्यानाडामा प्राध्यापन गर्नुभएका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन हुनुभएको हो ।
त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन हुनुभएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारी र महासचिव चूडामणि भट्टराईले एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारीका रुपमा एएनओ आएको स्पष्ट गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भूटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया