झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा
झापा, २८ वैशाखः जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ छन् । नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्रलगायत छन् ।
निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए । यो सङ्ख्या पछिल्ला वर्षहरुमा घट्दो अवस्थामा छ । आव २०८१÷८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको कूल सङ्ख्या तीन हजार ६३७ जना र २० वर्षमुनिका १८३ जना किशोरी थिए । आव २०८२÷८३ को चैत मसान्तसम्ममा सेवा लिनेको कूल सङ्ख्या दुई हजार ५८५ जना र २० वर्षमुनिका किशोरीको सङ्ख्या १३१ जना पुगिसकेको श्रेष्ठले बताउनुभयो
। विगत तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि सेवनको विधि रुचाएको देखिएको छ । आव २०८०÷८१ देखि चालु आव २०८२÷८३ सम्ममा औषधि विधि प्रयोग गरेर छ हजार १६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । सुरक्षित गर्भपतन गराउने कूल १० हजार ४१ जनामध्ये चार हजार २५ जनाले मात्र शल्यक्रिया विधि रोजेका थिए ।
असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा छैन । तथापि सूचीकृत नभएका र निजी स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने जोखिममा हुन्छन् । यसको आधिकारिक तथ्याङ्क उपलब्ध हुँदैन । सरकारी स्वास्थ्यमा जाँदा नाम लेखिने र व्यक्तिगत विवरण खोजिने भएका कारण गोपनियताका लागि कतिपय महिला सूचीकृत नभएका संस्था र योग्यता नपुगेका स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिन पुग्ने गरेका बताइएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया