बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौँ, १० जेठः बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्नुभएको छ । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराउनुभएको थियो । मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ ।
मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो । शनिबार उहाँले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गर्नुभएको थियो ।
ताजा अपडेट
- ग्यास सिलिन्डर ढुवानीबारे मकवानपुर सीडीओ कार्यालयमा छलफल जारी
- इनारमा खसेको बाख्रा निकाल्न पसेका युवकको मृत्यु
- बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग
- कञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ
- प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने
- कांग्रेस देउवा समूहको बैठक बस्दै
- अस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितका लागि ५१ लाख सहयोग
- खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया