अस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितका लागि ५१ लाख सहयोग
“१७ भदौ, सिड्नी । अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका संचालक इन्जिनियर दीपक खड्काले रसुवा बाढी पीडितका लागि ५१ लाख सहयोग गरेका छन् । खड्काले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
सिड्नीमा नेपाली संचार माध्यमहरुसँग बोल्दै उनले भने, ‘मातृभूमिमा विपद पर्दा हामी निकै दुखी छौं र यो हाम्रो सामान्य मलम हो।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपालका पूर्वमहावाणिज्य दूतसमेत रहेका खड्काले नेपालमा भएका हरेक प्राकृतिक विपदमा नेपाललाई सहयोग गर्दै आएका छन्। ‘प्रवासमा भएका हामी सबै नेपाली यो विपद पछि निदाएका छैनौं र हराएका हाम्रा प्रियजन सुरक्षित होउन भनेर प्रार्थना गरिरहेका छौं’ उनले भने ।
उनले बाढीबाट भएको अपुरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
“साभार : अनलाइनखबर”
ताजा अपडेट
- अस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितका लागि ५१ लाख सहयोग
- खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो
- नागढुंगा-नौबिसे सडक खण्ड भासियो
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया